नाटकमा मृगतृष्णा



मीनभवनस्थित एनके सिंह मेमोरियल स्कुलको ५२औं स्थापना दिवसको अवसरमा स्कुल परिसरमै नाटक मृगतृष्णा मञ्चन गरिएको छ।

स्कुलकी पूवविद्यार्थी तथा शिक्षिका विदुषी गिरीको कथा, राजेश कुटुको सहनिर्देशन र नृत्य निर्देशक अर्जुन बीसीको पटकथा र निर्देशन रहेको नाटकमा सो स्कुलको विभिन्न तहमा अध्ययनरत विद्यार्थीले अभिनय गरेका थिए।

समय नदिने अभिभावकका बालबालिका कस्तो मनस्थितिका हुन्छन् र उनीहरूले समाजमा कस्तो प्रभाव पार्छन् भन्ने परिवेशमा तयार पारिएको नाटकमा सफलता महर्जन, रुमानी मगर, स्मेर्णा थापा, एरिका श्रेष्ठ, स्मारिका मानन्धर, क्रिञ्जल मिश्र, अविनाश कर्ण, रसज्ञा नकर्मी, हिमान्सी श्रेष्ठ, आशिका पाण्डेय, प्रतिष्ठा बद्धार, समृद्धि उप्रेती, युक्ता ज्ञवाली, अमोघदेव, सक्षम झा ‘मुक्ति’ र आरुषा तुलाधरको अभिनय गरेका थिए।

कार्यक्रममा विभिन्न जातजातिका भाषा र विभिन्न संस्कृति झल्कने गीत–संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। जसको संयोजन विदुषी गिरीले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्