मेगा बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)।मेगा बैंक नेपालले काठमाडौंको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंक नेपालले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित विभिन्न प्रकारका खाद्य सामग्री सहयोग गरेको हो।

फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई नियमित रूपमा आफैंले पकाएर खाजा सहयोग गर्दै आएको छ।

सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो।

ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ। अहिले मेगा बैंकका १०२ शाखामार्फत १/१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्