ज्येष्ठ नागरिकलाई श्री एयरलाइन्समा छुट



नेपाल समाचारपत्र, काठमाडौं।निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आन्तरिकतर्फको हवाई उडानमा ज्येष्ठ नागरिकलाई सहुलियत दिने भएको छ।

कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै असोज १२ गतेदेखि ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ५ सय रुपियाँमात्रै भाडा लिने बताएको छ।

यस्तै कम्पनीले ७५ वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छुट दिने जनाएको छ।

प्रतिउडान दुई जना ज्येष्ठ नागरिकले उक्त छुट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले सो सेवा लिनका लागि ज्येष्ठ नागरिकले सक्कली परिचयपत्र वा परिचय खुल्ने  कागजात आवश्यक हुने जनाएको छ।

सहुलियत टिकट एयरलाइन्सका बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने कम्पनीले बताएको छ। चेक इनका बखत उमेर खुल्न नसके छुट नपाइने कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्