नेपाल विद्युत् प्राधिकरणले एघार करोड रकम उठाउन सकेन



न्युज अफ नेपाल, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले रु ११ करोड बक्यौता रकम उठाउन सकेको छैन । वितरण केन्द्रले ११ वर्षयताको बक्यौता उठाउन सकेको छैन् ।

ग्राहकले समयमै विद्युत् महशुल नबुझाउँदा बक्यौता रकम बढ्दै गएको छ । यहाँका सरकारी कार्यालय र स्थानीय तहको पनि कराडौँ रुपैयाँ बक्यौता छ । सबैभन्दा बढी बक्यौता रकम सडक बत्ती र उद्योगको छ । वितरण केन्द्रका लेखा प्रमुख ब्रहराज रेग्मीका अनुसार विभिन्न नगरपालिकाले सडक बत्तीको महशुल बुझाउन आलटाल गर्दै आएका छन् । विसं २०६४ देखि सडक बत्तीको रु छ करोड ६२ हजार बक्यौता उठ्न सकेको छैन । उद्योगहरुबाट रु दुई करोड ४६ लाख बक्यौता उठ्न बाँकी रहेको रेग्मीले बताउनुभयो ।

यस्तै घर बत्तीको रु ४५ लाख २८ हजार, व्यावसायिक प्रतिष्ठानतर्फ रु ३३ लाख ६६ हजार, सिचाँइको रु २१ लख ९१ लाख, खानेपानीको रु छ लाख १४ हजार, मठ/मन्दीरको रु तीन लाख ६८ हजार र कालोसूचीमा परेका ग्राहकबाट रु ४५ लाख ४३ हजार बक्यौता रकम उठाउन बाँकी छ । “लाइन काट्दा पनि दोस्रो पटक विद्युत् जडानका लागि नआउँदा बक्यौता उठाउन समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो । समयमा महशुल नतिर्ने ग्राहकबाट २५ प्रतिशत जरिवाना असुल्ने गरिएको रेग्मीले बताउनुभयो । “ग्राहकको तीन पुस्ते प्रमाण उपलब्ध नहुँदा बक्यौता रकम उठाउन समस्या भएको छ”, उहाँले भन्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्