घर–घरमा खानेपानी, स्थानीय हर्षित



लिला सुनुवार, ओखलडुंगा ।

जिल्लाको खिजीदेम्बा गाउँपालिकामा रहेको बसन्ते खानेपानी योजना मर्मत कार्यक्रम सम्पन् भएको छ । सो आयोजना सम्पन्न भएसँगै खिजीदेम्बा ५ बसन्ते टोलमा रहेको खानेपानी अभावको समस्या समाधान भएको छ । सि.आर.एस. नेपाल संगको साझेदारीमा देम्बा सामुदायिक बिकास केन्द्रले उक्त खानेपानी योजना मर्मत गरेपछि खानेपानी समस्याको समाधान भएको हो ।

सस्थाको १३ लाख ८४ हजार ४ सय ५६ रुपैया र ६५ हजार ७ सय १२ रुपैँया बराबरको जन श्रमदान गरी कुल १४ लाख ५० हजार १ लागतमा खानेपानी योजना मर्मत कार्य सम्पन्न भएको देम्बा सामुदायिक बिकास केन्द्रका कार्यक्रम व्यबस्थापक सुजित कुमार श्रेष्टले बताए ।
कुल २७ घरधुरी उपभोक्ता रहेको उक्त खानेपानी योजना मर्मत हुदा गाउमा रहेको खानेपानी समस्या समाधान भएको खानेपानी उपभोक्ताहरुले बताएका छन् ।

खानेपानी उपभोक्ता गोरी माया सुनुवारले योजना मर्मत हुनु भन्दा अगाडी भनेको बेलामा धारामा पानी नआउने भएकोले काम छोडेर पानी लिन जानु पर्दा निकै समस्या हुने गरेको थियो । तर योजना मर्मत भएपछि घर नजिकैको धारामा पानी थाप्न पाइएकाले समयको बचत अत्यान्तै सजिलो भएको स्थानीयले बताएका छन् ।

यसै गरि देम्बा सामुदायिक बिकास केन्द्रले असोज ३ गते खानेपानी योजना वडा कार्यलयलाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रमको सम्बोधन गर्दै खिजीदेम्बा गाउँपालिकाका उप अध्यक्ष शुसिला तामाङले संस्था र गाउँ पालिकाको सहकार्यमा अगामी दिनहरुमा पनि धेरै बिकास निर्माणका कामहरु गर्न सकिने भएकोले संस्था र गाँउपालिका मिलेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिए ।

साथै खिजी देम्बा गाँउपालिका वडा नं.५ का अध्यक्ष राम कुमार सुनुवारले आगामी दिनमा खानेपानी योजनाको सम्पूर्ण जिम्मेवारी वडा कार्यलयले लिने बताए ।

प्रतिक्रिया दिनुहोस्