प्रहरी चौकीमा ग्रिनेड आक्रमण, १६ घाइते



बोगोटा ।  मध्य अमेरिकी राष्ट्र कोलम्बियाको एउटा प्रहरी जाँच चौकीमा भएको ग्रिनेड आक्रमणमा कम्तीमा १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देशको उत्तरतर्फ रहेको सार्डिनाटा शहर नजिकै लस मर्सिडेजमा शनिबार अबेर राति उक्त आक्रमण भएको हो । उक्त नगर क्षेत्रमा स्थानीयबासी एउटा धार्मिक समारोहमा सहभागी भइरहेका बेला ग्रिनेड हमला गरिएको थियो ।

प्रहरी अधिकृत फाबियान ओस्पिनाले आक्रमणबाट १४ जना स्थानीयबासी र दुई जना प्रहरी घाइते भएको जानकारी दिनुभयो । अर्को घटना नहोस् भन्नका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको पनि ओस्पिनाले बताउनुभयो ।

सार्डिना नजिकैको टिबु नगर क्षेत्रमा पनि प्रहरीको गस्ती टोलीमाथि आक्रमण भएको थियो । तर उक्त घटनामा कोही पनि घाइते भएका छैनन् ।

घटनास्थलबाट प्रहरीले कोलम्बियाली क्रान्तिकारी सशस्त्र समूह ९फार्क०का सैनिक कमान्डर भिक्टर सुवारेजको मृत्युसँग सम्बन्धित तस्वीर रहेका पर्चा बरामद गरेको छ । सरकार र वर्षौं छापामार युद्ध लडेको सशस्त्र समूह फार्कबीच सन् २०१६ मा शान्ति सम्झौता भइसकेको छ । सुवारेजको सन् २०१० मा सरकारी फौजसँगको भिडन्तमा मृत्यु भएको थियो ।

शान्ति सम्झौता पश्चात् फार्क समूह शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । यस समूहका व्यक्तिहरु अहिले कोलम्बियाको संसदमा समेत निर्वाचत भएका छन् ।

तर पछिल्लो समय फार्कका कतिपय नेताले शान्ति सम्झौताका शर्तहरु सरकारले पूरा नगरेको भन्दै हतियार उठाउने धम्की दिइरहेका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्