भन्सार छली ल्याउँदै गरेको जुत्ता चप्पल बरामद



पर्सा । पर्सा प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको जुत्ता चप्पल तथा अन्य सामानहरू बरामद गरेको छ । जेन्स जुत्ता ४४५ पिस, सेन्डील १६८ पिस, चप्पल ४० जोर गरी जम्मा २ लाख ६१ हजार मूल्य बराबरको जुत्ता चप्पल, बरामद भएको प्रहरीले जनाएको छ । विरगञ्ज महानगरपालिका १० अशोकवाटीकाबाट १०, १२ जनाको समूहले ल्याउँदै गरेको अवस्थामा सो सामान प्रहरीले बरामद गरेको हो ।

यस्तै विरगञ्ज १० बर्सपार्कबाट कुर्ता सुरुवाल, साडी, सर्ट र सुटिङ कपडा, चपडा र सुर्तीलगायतका करिब ४ लाख ९८ हजार ७ सय ६० रुपैयाँ बराबरको सरसामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई देखेर भागिरहेकामध्ये विरगञ्ज १ छप्कैया बस्ने ४० वर्षिय मुन्ना मिया र २५ वर्षिय सन्तोष कुमार साहलाई नियन्त्रणमा लिइएको छ । यस विषयमा थप अनुसन्धान चलिरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्