सुर्नया गाउँपालिकाको केन्द्र पबिता तोकियो



बैतडी,(नेस)।बैतडीको सुर्नया गाउँपालिकाले केन्द्रको टुंगो लगाएको छ। सुर्नया गाउँपालिका–५ भित्रै केन्द्र स्थापना गर्ने पहल गरिरहेको गाउँपालिकाले वडा नम्बर ५ को पबितामा केन्द्र राख्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले सर्वसम्मतरूपमा पबितामा केन्द्र राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो गाउँपालिकाको अस्थायी केन्द्र रहेको ठाउँमा भवनको अभाव र जमिनको अभाव भएकाले गाउँपालिकाले निःशुल्क जमिन उपलब्ध गराउन केही महिनाअघि आह्वान गरेको थियो।

सोहीबमोजिम गाउँपालिकाका लागि प्राप्त जमीन मध्ये विज्ञ टोलीको सुझाबका आधारमा पबिता उपयुक्त ठाउँ भएकाले पबितामा केन्द्र राख्ने निर्णय गरिएको अध्यक्ष विष्टको भनाइ छ।

अब केन्द्रका लागि छनोट भएको ठाउँमा भौतिक संरचना निर्माणको काम अघि बढाइने भएको छ।

केन्द्र, प्रदेश सरकार र गाउँपालिका आफंैले पनि भौतिक संरचना निर्माणका लागि पहल गर्ने जनाइएको छ।

एकीकृत सेवा दिने हिसाबले गाउँपालिकाको भवन निर्माण गरिने अध्यक्ष विष्टको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्