ब्लोदानको नगर समिति गठन



काठमाडौं, (नेस)।ब्लड डोनर्स एसोसिएसन नेपाल ब्लोदान काठमाडौं जिल्ला शाखाअन्तर्गत गोकर्णेश्वर नगर समिति गठन भएको छ।

समाजसेवी तथा लायन्स क्लब अफ डाँफेका प्रतिनिधि गोविन्द काफ्लेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ।

उपाध्यक्षमा निर्मल बन्जारा, सचिवमा सुनिल खनाल, सहसचिवमा गणेश बन्जारा, कोषाध्यक्षमा अनिता श्रेष्ठ तथा सदस्यहरूमा रूपा फुकासैनी, विकास श्रेष्ठ, सञ्जय पोखरेल, शिवराम कारन्जित, लायन क्लब अफ राइजिङ सन र चिनारी साकोस रहेका छन्।

ब्लोदानका केन्द्रीय उपाध्यक्षद्वय सूर्यलाल महर्जन र सुभद्रा खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्लोदानका केन्द्रीय सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले ब्लोदानको आगामी कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्