पूर्व रक्षामन्त्रीले प्रधानमन्त्री वा नेता कसैलाई पनि नसघाउने 



न्युज अफ नेपाल, काठमाडाैं । इजरायलमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि गृहकार्य गरिरहेका समय पूर्व रक्षामन्त्री अभिडोर लिबरम्यानले निवर्तमान प्रधानमन्त्री वेन्जामिन नेतन्याहु वा अर्का नेता वेन्नी गान्ज कसैलाई पनि सिफारिस नगर्ने बताउनुभएको छ ।

गत हप्ता सम्पन्न निर्वाचनमा नेता नेतन्याहुको दलको अनपेक्षित हार भएपछि प्रधानमन्त्रीका लागि गान्जले सक्रियता देखाउनुभएको छ । यस्तै प्रधानमन्त्रीका लागि नेतन्याहुको दलले पनि दावी गरेको छ ।

लिवरम्यानको राष्ट्रवादी पार्टी यिजरायल बेतेनुले पनि प्रधानमन्त्रीका लागि हुने राष्ट्रपति रेउभेन रिभलिनसँगको परामर्शमा सम्भवतः लिवरम्यानलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा पठाइनेछ ।

निर्वाचन परिणामले कसैलाई पनि प्रस्ट बहुमत नदिएपछि इजरायलमा सत्ताका लागि नयाँ समीकरण भइरहेको छ ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्