टिकाभैरबमा जेष्ठ नागरिकसँग प्रहरी



न्युज अफ नेपाल, ललितपुर । जिल्लाको टिकाभैरब प्रहरी चौकीले जेष्ठ नागरिकहरुसँग छलफल गरेको छ । गोदावरी नगरपालिका–६ स्थित टिकाभैरबमा समुदाय–प्रहरी साझेदार कार्यक्रम अन्तर्गत छलफल गरिएको चौकीले जनाएको छ ।

चौकी इन्चार्ज प्रहरी नायव निरिक्षक कृष्णप्रसाद सिटौँलाले समाजमा शान्ति सुरक्षा कायम गराउने प्रयास स्वरुप यस्तो छलफल गरेको बताउनुभयो ।
छलफलमा जेष्ठ नागरिकलाई आदर र सम्मान कायम राख्दै उहाँहरुलाई पर्न गएको शारीरिक असक्तको बीचमा पारिवारिक वाधा अड्चन, आफ्नो घरपरिवारबाट अपहेलित हुनु नपरोस भन्ने विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।

त्यस्तै छलफलमा जेष्ठ नागरिकले पाएको जेष्ठ नागरिक भत्ता जेष्ठ नागरिकले नै खर्च गर्न पाउनु पर्ने लगायतका विषयमा समेत छलफल भएको थियो ।
‘जेष्ठ नागरिकको यस्तै समस्याले समाजमा भईरहेको अदृश्य अशान्तीलाई केही हदसम्म शान्ति ल्याउने प्रयास स्वरुप छलफल गरिएको हो । यसलाई निरन्तरता दिन्छौँ ।’, उहाँले भन्नुभयो ।

करिब डेढ सयको हारहारीमा उपस्थित जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरु छलफल सहभागि थिए । छलफलबाट जेष्ठ नागरिकहरुको एक समिति बनाउनु पर्ने माग आएकोले चाँडै समिति गठन गर्ने प्रनानि सिटौँलाले बताउनुभयो ।

छलफलमा टिकाभैरब आसपासबाट उहाँहरु भेला हुनुभएको थियो । छलफलमा सहभागि वडा–९का वडाध्यक्ष आत्मराम थापा, वडा–६, का वडा सदस्यहरु कुमार खड्का, मैया बजगाईले जेष्ठ नागरिकलाई सम्मान र खुशी राख्न यस्तै खाले कार्यक्रमले निरन्तरता पाउनु पर्ने धारणा राख्नु भयो ।
उहाँहरुले जेष्ठ नागरिकका लागि चाहिने कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्