राजधानीमा ५ सय ट्राफिक भोलेन्टियर परिचालन



काठमाडौँ । राजधानीमा बढ्दो ट्राफिक जामलाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले नयां अभियानको शुरुवात गरेको छ । बढ्दो सवारी साधनको संख्या सिमित सडक र प्रबिधिको अभावका कारण ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक ब्यवस्थापन गर्न असहज हुन थालेपछि महाशाखाले ट्राफिक स्वयम सेवक परिचालन शुरु गरेको छ ।

उक्त अभियानको गृह मन्त्री रामबहादुर थापाले आइतबार शुरुवात गर्नुभयो । उहाँले यो अभियानलाई समित समयकालागि मात्र नभएर बर्षभरी नै संचालन गर्न आग्रह गर्नुभयो । उहांले युवा भनेका मुलुकका बिकासका संभावक हुन त्यसैले यस्ता कार्यक्रममा युवाको सहभागिता ज्यादै महत्वपूर्ण हुने समेत बताउनुभयो ।

मन्त्री थापाले मुलुकलाई सम्बृद्धी तर्फ डोर्याउने हो भने युवा परिचालन आवश्यक भएको बताउनुहुदै सडक दुर्घटनाका कारण मुलुकमा हरेक बर्ष २ हजार भन्दा बढी मानिसले ज्यान गुमाउने गरेकाले दुर्घटना न्युनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । ट्राफिक नियम पालना गर्ने अभियान आफुबाटै शु्रु नगरे राजधानीको अवस्था भयावह हुने भएकाले हरेक नागरिकले यसलाई अभियानको रुपमा अगाडि लैजानु पर्ने बताउनुभयो ।

महाशाखाले राष्ट्रिय युवा परिषद तथा युएन नेपालको संयुक्त आयोजनामा २३ स्कुल कलेज, २ क्लव, १६ यातायात प्रालि, १० जना ख्यातीप्राप्त कलाकार १२ जना एयरहोस्टेज गरी ५ सय जना परिचालन गरिने भएको छ । शुरुमा १५ दिन सम्म ५ सय ट्राफिक स्वयम सेवकहरु राजधानीका बिभिन्न सडकमा सचेतना जगाउन परिचान हुने महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अभाव र पीडाका बीचपनि ट्राफिक प्रहरीले राजधानीको सवारी आवागनमलाई ब्यवस्थित बनाउने काम गरीरहेको जानकारी दिनुभयो ।

उहाँले एक बर्षमा सवारी नियम उल्लघन गर्ने ११ लाख सवारी साधनलाई कारवाही गरेको जानकारी दिदै कारवाहीले मात्रै समस्या समाधान नहुने भएकाले चेतनाको आवश्यकता रहेको बताउनुभयो ।

पछिल्लो तथ्याङ अनुसार ३४ लाख ४० हजार सावरी साधन मुलुकभर दर्ता भएका छन । ती मध्ये ११ लाख ७२ हजार बागमतीमा मात्रै दर्ता भएका छन । ती सवारी साधन राजधानीमात्रै संचालन हुने गरेका छन । एक जना ट्राफिक प्रहरीले राजधानीमा ९ सय सवारी साधन र २ किलोमिटर बाटो हेर्नुपर्ने भएकाले ट्राफिक प्रहरीको संख्या बढाउनुपर्ने आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्