सुमेरु हस्पिटल च्याम्पियन



काठमाडौं, (नेस)।महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ को उपाधि सुमेरु हस्पिटलले जितेको छ।शनिबार भएको फाइनल खेलमा काठमाडौं मोडेल हस्पिटललाई ३–१ गोल अन्तरले पराजित गर्दै सुमेरु च्याम्पियन बनेको हो।

काठमाडौंको ढुकु फुटसल मैदानमा भएको खेलमा सुमेरुलाई च्याम्पियन बनाउन कान्जा तेन्जिङ शेर्पाले दुई तथा अनिल महर्जनले एक गोल गरे। उपाधिसहित सुमेरुले ३० हजार र काठमाडौं मोडेलले २० हजार रुपियाँप्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्