बाल अस्पताललाई सहयोग



काठमाडौं, (नेस)। डा. भगवान् कोइरालाको नेतृत्वमा निर्माण हुन लागेको बाल अस्पताललाई एकै दिन १५ लाख रुपियाँ सहयोग जुटेको छ।

बाल अस्पताल बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा सो रकम काठमाडौं बाँसबारीमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई जुटेको हो।

छलफल कार्यक्रममा उज्ज्वल तारा स्कुलले ५ लाख रुपियाँको साथै उज्ज्वल नगर समाजले १ लाख ११ हजार र स्थानीय अनिल थापाले १ लाख १ हजार रुपियाँ दिने घोषणा गरेका छन् भने भने विभिन्न व्यक्ति तथा संघ–संस्थासमेतले बाल अस्पताल निर्माणका लागि १५ लाख रुपियाँ दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्