शंकास्पद वस्तु ‘डिस्पोज’



काठमाडौं, (नेस)।नेपाली सेनाले पशुपति मन्दिर परिसरभित्र भेटिएको शंकास्पद वस्तुलाई शुक्रबारै डिस्पोज गरेको छ।मन्दिरको सत्तलमा शंकास्पद वस्तु भेटिएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाले नेपाली सेनालाई खबर गरेको थियो।

त्यसपछि सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगी शंकास्पद वस्तु डिस्पोज गरेको हो। यसअघि दिउँसो जानकी मन्दिर परिसरमा पनि बम भेटिएको हल्ला भएपछि जाँच गर्दा सो हल्ला आधारहीन भएको प्रहरीले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्