नेकपा सचिवालय बैठक बस्दै



काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्दैछ । पार्टी एकता प्रक्रियाका बाँकी कामलगायत विविधि विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै छ ।

बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ । गत बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको र अध्यक्ष प्रचण्डको व्यस्तताका कारण स्थगित भएको थियो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहाल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्