नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता



नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिपत्रमा हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधिद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई ५ लाखको चेक हस्तान्तरण गरिएको थियो।

रक्तदान,संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रवद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रम सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो।

नेपाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्