अपिल अस्वीकृत



ट्युनिस, (एजेन्सी)।ट्युनिसियाको राष्ट्रपतिय चुनावको अन्तिम चरणमा पुग्न सफल उम्मेदवारले हिरासतमुक्त हुनका लागि गरेको अपिल बिहीबार अदालतले अस्वीकार गरेको छ।

५६ वर्षीय नविल कारोइलाई गत महिना मुद्रा अपचलन र कर छलेको अभियोगमा गिरफ्तार गरिएको थियो। तर उनले ती आरोप अस्वीकार गर्दै आएका छन्।

सञ्चार माध्यमले उनको धैरै समर्थन गरे पनि उनलाई मतदान गर्नबाट समेत वञ्चित गरिएको थियो।उनी आगामी महिना हुने अर्को चरणको चुनावमा प्रवेश गरेका छन्। योसमेत तेस्रोपटक उनको अपिल अस्वीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्