गृहमन्त्रीका भाइ धरौटीमा रिहा



काठमाडौं, (नेस)। जिल्ला अदालत काठमाडौंले थुनामा रहेका नरेशकुमार थापालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। उनी गृहमन्त्री रामबहादुर थापाका भाइ हुन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो। उनलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

उनीसँगै पक्राउ परेका अन्य भने पूर्पक्षका लागि जेल चलान भएका छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो।

थुनामा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा उनीहरू पक्राउ परेका थिए।

उनीसहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्