सातै प्रदेशमा सप्तरङ



सप्तरङ कार्यक्रमको दोस्रो चरण प्रारम्भ हुने भएको छ। नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी गराएको छ। गत वर्ष सातै प्रदेशमा पहिलो चरणको कार्यक्रममा सम्पन्न भएको थियो।

पहिलो सिजनमा सद्भाव र ऐक्यबद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवद्र्धन र समुन्नतिमा केन्द्रित गरेको छ।

दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक गायिका सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपुत, रवि ओड र मेलिना राई प्रस्तुत हुनेछन्।

पहिलो सिजनमा नागरिकस्तरमा ७ प्रदेशबीचको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकीय स्थानको प्रवद्र्धन र सम्भावनाको खोजी गरिने गृहेन्द्र घिमिरेले बताए।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानीय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्