‘वाइड’ विग्रेपछि ‘न्यारो’ बोलाईयो



मनोज रेग्मी, काठमाडौं ।

दुबई उडानका लागि उडान भरेको वाइडबडी प्राविधिक गडबडीका कारणले रोकिएको छ । २१० जना यात्रु बोकेर दुबई उड्न लागेको विमान (९ एनयएलवाइ) मा प्राविधिक गडबडी आएपछि उड्न नसकेको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश बहादुर चन्दले जानकारी दिनुभयो ।

न्युज अफ नेपालसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘जहाज उड्न नसकेकेपछि हामीले (९ एनयकेडब्लु ) नम्बरको न्यारोबडी तत्काल बोलाएर यात्रुलाई सुरक्षीत दुबई पुर्याइएको छ । यात्रु अलपत्र पर्ने भन्ने कुरै हुँदैन ।’

२८० सिट क्षमताको वाइडबडी जहाजमा सिट एसेम्बल (जडान) गर्दा भने १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लास सिट राखिएको हुन्छ । निगमले हाल सिधा जापान उडान सञ्चालन गर्दै आइरहेको छ । तर, प्राविधिक गडबडी र यात्रु नपाउँदा समय–समयमा विमानमा समस्या आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्