राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशमा नयाँ नेतृत्व



कालीबहादुर मल्ल,कालिकोट। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कर्णली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

प्रदेश राजधानी सुर्खेतमा सम्पन्न अधिवेशनबाट रामवहादुर बुढा अध्यक्ष र चर्चित गायिका हरीमाया कार्की वरिष्ठ उपाध्यक्ष रहेको १८ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित भएको हो ।

यस्तै बुधबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा अभिशेक अनुराग, द्वितीय उपाध्यक्षमा मोहन विक्रम शाही, महिला उपाध्यक्षमा तुलसी शाही चयन भएको उपाध्यक्ष कार्कीले वताउनु भएको छ ।

उहाँका अनुसार सचिवमा रेशम वली, कोषाध्यक्षमा रेखा कोइराला र सह-सचिवमा सुकदेव अधिकारी र तेजेन्द्र गिरी छनौट भएका छन् । यसैगरी सदस्यहरुमा क्रमश: अर्जुन प्रसाद सुवेदी, ज्ञान बहादुर नेपाली, धन बहादुर घर्ती, कुल बहादुर वली, रङ्ग विरही कार्की, सृजना परियार, केशर थापा, जसेन परियार, याम थापा छनौट गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक मन्त्री दल रावलले अधिवेशनको उद्घाटन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय महा- सचिव सुभास केसि र केन्द्रिय सचिब कृष्ण रेउलेको उपस्थिती रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्