ज्यानको चिन्ता



किभ, (एजेन्सी)।युक्रेनको राष्ट्रिय बैंकका पूर्वअध्यक्ष राजधानी किभमा रहेको उनका घरमध्ये एउटामा आगजनी आक्रमण भएपछि आफूलाई ज्यानकै पिर लागेको बुधबार बीबीसीलाई बताएकी छिन्।

गत महिना बेलायतको राजधानी लन्डनमा एउटा कारको ठक्करका कारण भ्यालेरिया गोन्तारेभा घाइते हुन पुगेकी थिइन्। उनी अहिले पनि लन्डनमै बस्दै आएकी छिन्।

उनले सन् २०१६ मा युक्रेनको सबैभन्दा ठूलो कमर्सियल बैंकमा आफूले गरेको निर्णयका कारण यसरी आफूमाथि आक्रमण भइरहेको हुनुपर्ने बताएकी छिन्। उनले निजी बैंकलाई राष्ट्रियकरण गरिनुपर्ने आवाज उठाएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्