चोरीको घटनामा वृद्धि



काठमाडांै, (नेस)। कपन सरस्वतीनगर डेरा गरी बस्ने ललितपुर पाटन घर भएकी संगीता श्रेष्ठको कोठाबाट नगद तथा सुनका गरगहनासमेत गरी करिब ३ लाख २५ हजार रुपियाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका–६ हरियाली बस्ती डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएकी लक्ष्मी अमात्यको कोठाबाट नगद तथा सुनका गरगहनासमेत गरी १ लाख ५३ हजार रुपियाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ।

यसैगरी काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–९ मानटार बस्ने सुनिता नगरकोटी गौतमको घरबाट नगद, सुनका गरगहाना ३ तोला तथा चाँदीको पाउजु १२ तोलासमेत गरी करिब २ लाख ६२ हजार ६ सय रुपियाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ।

प्रतिक्रिया दिनुहोस्