नौबीसे नागढुंगाको दुर्दशा



राजधानी भित्रने एकमात्र मुख्य राजमार्गको नौबीसे–नागढुंगा खण्ड लगातारको पानीका कारण जीर्ण बन्दै गएको छ। साँघुरो बाटोका कारण हरेक दिन जाम हुने गरेको छ।

एक सानो बाटो अर्को वर्षाका कारण जीर्ण बनेकाले सरकारले उक्त बाटो निर्माणका लागि जसरी अघि सर्नुपर्ने हो, त्यो देखिँदैन।

बाटो कर उठाउन उद्धत हुने सरकार बाटो बिग्रिएपछि बनाउनेतर्फ भने चासो नदिनुले सरकारको नियतमाथि प्रश्न उठेको छ। राजधानी प्रवेश गर्ने एकमात्र नाकाको अवस्था हेर्दा दया लाग्ने अवस्था छ।

समयमा नै बाटो मर्मत नगर्ने हो भने नजिकिँदो दशैंसँगै आफ्नो गन्तव्य जाने लाखौं यात्री मारमा पर्ने अवस्था छ। हरेक वर्ष दशैं मनाउन जाने नेपालीले यस्तैखाले दुःख भोग्न बाध्य हँुदै आएका छन्।

– हरि नेपाल, नौबीसे, धादिङ

प्रतिक्रिया दिनुहोस्