बलात्कार आरोपले रोनाल्डो लज्जित



लन्डन, (एजेन्सी)।क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोपले लज्जित बनाएको एक अन्तरवार्तामा मंगलबार बताएका छन्।

क्याथरिन मायोर्गाले आफूलाई रोनाल्डोले लास भेगासमा बलात्कार गरेको भन्दै गत अक्टोबरमा पुन मुद्दा राखेकी थिइन्।

अहिले मायोर्गाको निवदेनमा यो मुद्दा पुलिसको निगरानीमा अनुसन्धान भइरहेको छ। जबकी १० वर्ष अघि सो मुद्दा बन्द भइसकेको थियो।

रोनाल्डोले गुड मर्निङ ब्रिटेनमा पियर्स मोर्गानसँगको अन्तरवार्तामा आफू यस्ता आरोपले लज्जित हुने बताएका थिए।
रोनाल्डोले भने– ‘उनीहरुले तपाईंको प्रतिष्ठासँग खेले।

तपाईसँग पे्रेमिका, परिवार र बच्चा छन् भने अझै कठिन स्थिति हुन्छ। जब तिनीहरुले तपाईंको इमान्दारितासँग खेल्छन्, यो खराब र कठिन हुन्छ। मलाई एकचोटिको घट्नाको सम्झना छ। मैले लिभिङ रुममा प्रेमिकासँग टीभी हेरिरहेको थिएँ।

जसमा क्रिस्टियानो रोनाल्डो यो र त्यो भनेको समाचार आइरहेको थियो। जब मैले मेरा बच्चाहरु भर्याङबाट ओर्लेको सुने र मैले च्यानल परिवर्तन गरेँ। किनभने म एकदम लज्जित थिएँ।

उनले थपे– ‘मैले केवल क्रिस्टियानो जुनियरका लागि च्यानल परिवर्तन गरेँ। म चाहन्न कि उनीहरुले उनका पिताबारे र ज्यादै नराम्रो मुद्दाबारे कुरा नगरौं।’

प्रतिक्रिया दिनुहोस्