ईपीएलको प्रसारण विदेशी च्यानलमा



काठमाडौं, (नेस)।नेपाली फ्रेन्चाइन क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण पहिलोपटक विदेशी च्यानेलमा हुने भएको छ। आगामी फागुनमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रत्यक्ष प्रसारण भारतीय टीभी च्यानल डिस्कभरी नेटवर्कको डी स्पोर्टस्मा हुन लागेको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तर र डी स्पोर्टस्का सीईओ दिलीप शरणले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि ईपीएलको प्रसारण विदेशी च्यानलमा हुने पक्का भएको हो।

डी स्पोर्टस्ले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगलगायत प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्