नेप्से झन्डै २७ अंकले वृद्धि



काठमाडौं, (नेस)। अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई शेयर बजारमा लगानी गर्न आह्वान गरेसँगै मंगलबार शेयर बजारमा हरियाली छाएको छ।

पछिल्लो समय दोहोरो अंकमा निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार एकाएक भारी अंकले उकालो लागेको छ। मंगलबार शेयर बजारमा नेप्से परिसूचक २६ दशमलव ९१ अंकले बढ्दै ११५० दशमलव ७४ बिन्दूमा गएर रोकिएको छ।

मंगलबार शेयर बजारमा १ सय ७१ कम्पनीले कारोबार गरेका छन्। जसअन्तर्गत १३ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर खरिदबिक्री भएको छ। सो दिन ३८ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबार जीवन बीमा समूह सबैभन्दा धेरै १ सय २ दशमलव ९३ अंकले बढेको छ भने त्यसपछि उत्पादनमूलक समूह १ सय ७ दशमलव १ अंकले बढेको छ।

निर्जीवन बीमा कम्पनी ८८ दशमलव ५७ अंकले बढेको छ। बजार सबै हरियाली भएको दिन मूचुअल फन्ड भने रातो भएको छ। फण्ड शून्य दशमलव शून्य ४ अंकले घट्न पुगेको छ।

यस दिन कारोबार रकमको आधारमा सिद्धार्थ बैंकले सबैभन्दा धेरै ३ करोड ३९ लाख भन्दा बढी रुपियाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्