बीपी विचार राष्ट्रिय समाज जापान गठन



काठमाडौं, (नेस)।बीपी विचार राष्ट्रिय समाज नेपालको विधानबमोजिम समाजको संगठनलाई (नेपाली डायस्पोरा) अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्दै जाने व्यवस्था भएबमोजिम सोमबार जापानमा एक समारोहबीच बीपी विचार राष्ट्रिय समाज, जापान गठन गरिएको छ।

बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा जापानको राजधानी टोकियोमा भेला भएको प्रवुद्ध नेपालीहरूको भेलाले प्राडा. सुदीप अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय बीपी विचार राष्ट्रिय समाज, जापान गठन गरिएको हो।

अन्तर्राष्ट्रिय स्तरमा समाजको संगठन विस्तार गर्दै जाने उद्देश्यले बीपी विचार राष्ट्रिय समाज, नेपालको तर्फबाट एशिया प्यासिफिक क्षेत्रमा लागि संयोजक सुवाष लोहनीको संयोजनमा गठित समाजमा सह—सचिवमा अन्जना राजवंशी (टोक्यो) र कोषाध्यक्षमा धार्मिका घिमिरे (साइतामा) चयन हुनु भएको छ।

त्यसै गरी सदस्यहरूमा पेम्बा लामा (टोक्यो), विष्णु रेग्मी (निगाता), साधना घिमिरे (नागोया), हरिप्रसाद कँडेल (ओसाका), अनन्त रिजाल (हिरोसिमा), धु्रवकुमार थापा (योकोहामा), शिव पौडेल (टोक्यो), ऋषव पौडेल (नागोया), अमित गौतम (टोक्यो) रहनुभएको छ।

त्यस्तै राजु पनेरु (तोचिगी), कुशल धिताल (नागोया), डिका कार्की (फुकुओका), नवीनसागर सापकोटा, ऋषिराम घिमिरे (साइतामा), सुनिता कँडेल (टोक्यो), राजन भारी (साइतामा), योगेश सापकोटा (टोक्यो), दिलिपबाबु शिवा (टोक्यो), फणिन्द्र शर्मा सुवेदी (टोक्यो), विराटबाबु (आकिता), उजिर कार्की (गुम्मा) घनश्याम शर्मा (टोक्यो), विमलाकुमारी सावद (ओकिनवा), गीता लम्साल भट्ट (टोक्यो), संजय पराजुली (टोक्यो), प्रवीन मैनाली (तोचिगी), सलिजता श्रेष्ठ (चिबा), तिलक विक (टोक्यो), नारन दाहाल (तोचिगी), विनोद स्यान्तन (टोक्यो), गोमाकुमारी दनै (गुम्मा), राजेन्द्र खड्का (योकोहामा), प्रतिक्षा पुरी (टोक्यो), प्रकाश योगी (साइतामा), देव मगर (टोक्यो), राजेन्द्र पुरी (तोचिगी), विमल अधिकारी (नागोया), कुमार पनेरु (तोचिगी) रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्