लोकतन्त्रको आवरणमा भ्रष्टाचार मौलायो: राप्रपा



न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भैरहेको भन्दै भ्रष्टाचार विरुद्ध एकमत भएर अघि बढ्ने बताउनु भएको छ । आफ्नो पार्टीले भ्रष्टाचार विरुद्धका शक्तिहरुलाई साथ दिने भन्दै उहाले एनसेलको कर प्रकरणमा भएको भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाउने पनि बताउनु भएको छ ।

एनसेल कर प्रकरणका सन्दर्भमा राप्रपाको न्यायीक समितिले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ले अध्यक्ष थापाले एनसेलले राजनैतिक नेतृत्व तथा शक्तिशाली सरोकारवाला निकायहरुलाई प्रभावमा पारेको भन्दै यसको विरुद्ध राप्रपाले आन्दोलन नै गर्ने पनि बताउनु भएको छ ।

राजनैतिक नेतृत्वमा जवाफदेहिता छैन, कसैसंग डराउनु अवस्था छैन भन्दै अध्यक्ष थापाले भन्नुभयो–अनियमितता, अनुचित र गैरकानुनी कारोबारेले सिङ्गो व्यवस्थामै धमिरा लागिसकेको छ । आफ्नो पार्टी राप्रपाले कुनैपनि अनुचित फाईदा नलिएको भन्दै अध्यक्ष थापाले एनसेल भ्रष्टाचार विरुद्ध शसक्त आवाज उठाउने बताउनु भयो ।

कार्यक्रममा राप्रपा अध्यक्ष थापाले भ्रष्टाचार विरुद्ध आन्दोलन आवश्यक भएको भन्दै पार्टीको झण्डा नबोकेर पनि भ्रष्टाचार विरुद्ध लागेका शक्तिहरुसंग एकिककृत भएर पार्टी अघि बढ्न तयार रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्