नेपाली महिला टिम फाईनलमा



नेपाल समाचारपत्र,काठमाडौं।ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाईनल प्रवेश गरेको छ।

नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यले जनाएअनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टोली फाइनल पुगेको हो। लिग कम नकआउटका आधारमा भएको पहिलो खेलमा जोर्डनलाई ३–० ले हरायो।

त्यस्तै दोश्रो खेलमा तुर्किमिनिस्तानविरुद्ध पनि सोही नतिजा आत्मसात गर्दै टोलीको फाईनल यात्रा तय भयो। नेपाली महिला टोली लिग चरणमा मकाउ र ईरान संग समान ३ – ० ले नै पराजित भएको थियो।

यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ। जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए।

अमरलाललाल मल्ल भने पराजित भएका थिए। मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग ३–० ले पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्