क्यानको निर्वाचन असोजमा



काठमाडौं, (नेस)।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधित्वले भेटेपछि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनको मिति तय भएको छ।

सोमबार आईसीसीका प्रतिनिति अमर शेख र इमरान ख्वाजा तथा राखेप सदस्यसचिव सिलवालबीच द्वीपक्षीय छलफल भएको थियो।

जसको निर्णयअनुसार क्यानको निर्वाचन आगामी असोजको १० र ११ गते हुने भएको हो। यसअघि असोज ३ र ४ गते निर्वाचन गर्न लागेको थियो।

 

प्रतिक्रिया दिनुहोस्