सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैंकबीच सम्झौता



टाटा हिटाचीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालि र ज्योति विकास बैंकबीच कर्जा सम्झौता भएको छ।

अब टाटा हिटाची खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैंकको जुनसुकै शाखामार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उपमहाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैंकका तर्फबाट नायब महाप्रबन्धक सुशीलकुमार शर्माले हस्ताक्षर गर्नुभएको थियो।

सिप्रदी अर्थमुभर्स प्रालिले विगत १० वर्षदेखि टाटा हिटाचीका १५ सयभन्दा धेरै एक्जाभेटर, ब्याकहोलोलोडर र ह्विललोडर बिक्री गरेको छ।

प्रतिक्रिया दिनुहोस्