कस्मेटिक सामग्रीको गुणस्तरप्रति सचेत हुन आग्रह



काठमाडौं, (नेस)।सौन्दर्य प्रशोधन सामग्री (कस्मेटिक) को बजार विस्तारसँगै यस्ता सामग्रीको गुणस्तरप्रति सचेत हुन सरोकारवालाहरुले आग्रह गरेका छन्।

नेपाल कस्मेटिक व्यवसायी संघले राजधानीमा आयोजना गरेको ‘कस्मेटिक व्यवसायका समस्या, सम्भावना र चुनौति’ विषयक अन्तर्कृया कार्यक्रममा समयको मागसँगै भित्रिएका विभिन्न किसिमका सौन्दर्य सामग्रीको गुणस्तरप्रति सजग रहनुपर्ने आवश्यकता औंल्याएका हुन्।

संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेल (रञ्जित) ले सौन्दर्य सामग्रीको व्यवसायमा जिम्मेवार बन्न आग्रह गर्दै सौन्दर्य सामग्रीका उपभोक्ता बढेसँगै कमसल सौन्दर्य सामग्री पनि बजारमा भेटिने गरेको बताउनुभयो।

ब्राण्डेड सामग्री महँगो हुने हुँदा आफ्नो स्तर अनुसारका कस्मेटिक सामग्री प्रयोग गर्ने संख्या ठूलो रहेको भन्दै उहाँले भन्नुभयो–‘यसरी प्रयोग हुने सौन्दर्य सामग्री र प्रयोग गर्ने तरिकाको ज्ञान नहुँदा धेरै पैसा खर्च गर्नुपर्ने वाध्यता उपभोक्ताको गुनासो रहेको छ।’

अध्यक्ष पौडेलले काठमाडौं उपत्यकामा मात्रै करिब १२ सय वटा व्यवसायी रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्