विपद् पत्रकारिता पुस्तक सार्वजनिक



/fli6«o ;~rf/ ljsf; s]Gb|åf/f k|sflzt jl/i7 ;~rf/sdL{x?sf] ;+o’Qm n]vgdf NofPsf …ljkt kqsfl/tfÚ ;DaGwL k’:tssf] z’qmaf/ g]kfnsf nflu ci6«]lnog /fhb”t Un]g 8f/]g XjfO6 / ;”rgf ljefusf dxflgb]{zs jL/axfb’/ /fO{af6 ;+o’Qm ?kdf ljdf]rg ub}{ . tl:a/M l;aL clwsf/L /f;;

नेपाल समाचारपत्र, काठमाडौं। विपद्का समयमा सञ्चार माध्यमले के कसरी समाचार, विचार तथा सूचना सम्प्रेषण गर्ने भन्ने मुख्य विषयमा केन्द्रित रही ‘विपद् पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ।

राष्ट्रसंघीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक संगठन (युनेस्को) ले बेलायतस्थित ‘वर्नमाउथ युनिभर्सिटी’ सँगको सहकार्यमा कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकले २०७२ सालको भूकम्पपछिको स्थिति, यसमा नेपाली पत्रकारिताले सम्प्रेषण गरेका सामग्री, विपद् व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिका, जलवायु परिवर्तन, प्रकोप, मिडियालगायत विषयलाई समेटेको छ।अहिले पनि मिडियासँग आपत्कालीन अवस्थामा के कसरी कार्य गर्न योजना नभएको पुस्तकमा समेटिएको छ।

युनेस्कोमा कार्यरत सञ्चारविज्ञ चिन्दु श्रीधरण, इनर थोर्सन र निर्जना शर्माद्वारा संयुक्तरूपमा सम्पादित अङ्ग्रेजी र नेपाली दुवै भाषामा सम्पादित सो पुस्तकको पहिलो अध्यायमा भूकम्पपछि नेपाली सञ्चार जगत्ले समाना गर्नु परेका मुख्य मुख्य मुद्दा, दोस्रो अध्यायमा विपद् पूर्वतयारी कसरी गर्ने भन्ने बारेमा छ।

विपद्का विभिन्न चरणमा सञ्चार माध्यम र स्वयम सञ्चारकर्मीले गर्न सक्ने कार्यका बुँदालाई सूचीकृत गरिएको छ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युनेस्कोका नेपालस्थित प्रतिनिधि क्रिश्चियन म्यानहार्ट र त्रिविवि आम सञ्चार विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले पुस्तक सार्वजानिक गर्नुभएको थियो।

सो अवसरमा म्यानहार्टले विपद्ले के के पाठ सिकाएर गए र आगामी दिनका सम्भावित विपद्बाट कसरी जोगिन सकिन्छ भन्ने विषयलाई पुस्तकले अनुसन्धानमूलकरूपमा प्रस्तुत गरेको चर्चा गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्