कांग्रेस क्षेत्रीय समितिमा मनोनयन



भक्तपुर, (नेस) । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नंं. २ ले सचिव, सहसचिव र सदस्यहरू मनोनयन गरेको छ।

क्षेत्रीय सभापति नारायण खायमलीका अनुसार क्षेत्रीय कार्यसमितिको हिजो बसेको बैठकले सचिवमा रामेश्वर ध्वजु र सहसचिवमा कृष्णभक्त खत्रीलाई मनोनित गरेको हो।

त्यसै गरी बैठकले शिवभक्त थापा श्रेष्ठ, राजु खड्का र रामचन्द्र श्रेष्ठलाई सदस्यमा मनोनयन गरेको सभापति खायमलीले बताउनुभयो।

क्षेत्रीय सचिव प्रदीप कार्कीका अनुसार, बैठकले आगामी कात्तिक १० र ११ गते क्षेत्रीय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्