जनताका काममा कन्जुस्याइँ नगर्न मुख्यमन्त्रीको निर्देशन   



न्युज अफ नेपाल, अमरगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका समस्या सामाधान गर्न कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिनुभएको छ । नेपाल नगरपालिका सङ्घ प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटनसभाको आज डडेल्धुरामा उद्घाटन गर्दै उहाँले जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त भएका तीन तहका सरकारमध्ये पनि स्थानीय तहनै जनताले ठूलो विश्वासका साथ निर्वाचित गराएकाले स्थानीयस्तरबाट प्रदान गरिने स्वास्थ्य, शिक्षालगायतका विकास निमार्णका काममा कुनै कमी प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ ।

उहाँले नेपालको संविधानले दिएको तीन तहको सरकारको अवधारणलाई आत्मासात गरेर सङ्घ, प्रदेश र स्थानीय तहका सम्भावित विकासका योजनामा सझा पहलका रुपमा अगाढी बढ्न सुझाव दिनुभयो । उहाँले पटक÷पटक चर्चामा आहिरहने पश्चिमसेती जलविद्युत् आयोजना विभिन्न समस्याका कारण अलपत्र पर्ने गरेकाले अब प्रदेश सरकाले बनाउने लक्ष्यसहित अगाडि बढ्नुपर्ने बताउनुभयो ।
रासस 

प्रतिक्रिया दिनुहोस्