चाडपर्वलाई लक्षित गरेर खरिद गरिएका गाडी भन्सार कार्यालयमा थुप्रिए



न्युज अफ नेपाल, वीरगञ्ज । दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीहरुले भारत तथा तेस्रो मुलुकबाट भटाभट गाडी मगाए पनि खासै बिक्री भएका छैनन् । वीरगञ्ज भन्सार कार्यालयको यार्डमा सयौं नयाँ गाडी थुप्रिएका छन् ।

वीरगञ्ज भन्सारअन्र्तगत मूल भन्सार कार्यालय र आईसीपी तथा सिर्सिया सुख्खा बन्दरगाह कार्यालयको यार्डमा विभिन्न ब्रान्डका गाडी थन्किएका हुन् ।

मुख्य भन्सार नाका अन्तर्गत रहेको वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह कार्यालयको यार्डमा १ सय तथा आईसीपीमा झण्डै २ सयको हाराहारीमा गाडी होल्ड भएर बसेको सम्बन्धित कार्यालयका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्