स्मार्ट लाइसेन्स जाँच्ने मेसिन नहुँदा अनुगमनमा समस्या



न्युज अफ नेपाल, काठमाडौँ । हालसम्म १६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण भइसकेका छन् । ट्राफिक प्रहरीसँग त्यसको जाँच गर्ने मेसिन एउटा मात्र छ।

यातायात व्यवस्था विभागले मेसिनले पढ्न सक्ने स्मार्ट लाइसेन्स बाँड्ने कामलाई तीव्रता दिएपनि कार्ड पढ्न सक्ने मेसिन थप गर्न नसक्दा परीक्षण र अनुगमनमा समस्या परेको हो ।

नेपाल प्रहरीको ट्राफिक निर्देशनालयका प्रमुख डिआईजी दिपककुमार थापाका अनुसार चालकले बोकेको अनुमतिपत्र सक्कली कि नक्कली भन्ने छुट्याउन गाह्रो भएको छ।विभागका अधिकारीहरू भने यसै वर्ष सबै जिल्लाका ट्राफिक र यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स पढ्ने मेसिन पुगिसक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्