प्रदर्शनीमा राखिएको सुनको ट्वाइलेट चोरियो



लन्डन, (एजेन्सी)।अक्सफोर्डसायरको ब्लेनहेम प्यालेसस्थित १८ क्यारेटको सुनबाट बनेको ट्वाइलेट चोरी भएको छ। थेम्सभ्याली प्रहरीका अनुसार एक समूह अक्सपोर्डसायरस्थित उक्त दरबारमा प्रवेश गरेको र सुनको उक्त कलाकृति चोरेर लगेका थिए।

सुनको यो ट्वाइलेट इटलीका एक कलाकार मौरिजियो क्याटलनको रचना थियो। बिहीबारदेखि खुलेको प्रदर्शनीमा उक्त ट्वाइलेट प्रमुख आकर्षणमध्येको एक थियो।

उक्त ट्वाइलेट प्रयोगमा थियो र दर्शकहरुलाई यसको प्रयोग गर्नका लागि बोलाइएको थियो। अहिलेसम्म ट्वाइलेट फेला परेको छैन। तर ६६ वर्षीय एक व्यक्तिलाई यस मामिलामा पक्राउ गरिएको छ। चोरीका कारण भवनलाई क्षति पुगेको प्रहरीले जानकारी दिए। ट्वाइलेट निकालेपछि त्यहाँ पानी भरिएको थियो।

१८औं शताब्दीको ब्लेनहेम प्यालेस एक विश्व सम्पदास्थल हो, जहाँ बेलायती प्रधानमन्त्री सर विस्टन चर्चिकाले जन्म भएको थियो। हाल जाँच चलिरहेकाले आगन्तुकहरुका लागि बन्द गरिएको छ।

ड्युक अफ मोलबोका सौतेनी भाइ एडवर्ड स्पेन्सर चर्चिलले गत महिना कलाकृतिको सुरक्षालाई लिएर आफू निश्चिन्त रहेको बताएका थिए। यहाँबाट कुनै कुरा चोर्नु सहज हुनेछैन।

यहाँ आउनेहरुलाई राजगद्दीको प्रयोग गर्न पनि अनुमति दिइएको थियो तर त्यो लाइनमा आफ्नो पालो आएपछि तीन मिनेटका लागि हुनेछ।

गुप्तचर इन्स्पेक्टर जेस मिलनले भने– ‘जुन कलाकृति चोरी भएको हो, त्यसको मूल्य अत्यन्तै धेरै छ। त्यसलाई सुनले बनाइएको थियो र त्यसलार्ई प्रदर्शनीका लागि राखिएको थियो।

चोरले दुईवटा गाडी प्रयोग गरेको छ भन्ने हामीलाई लागेको छ। कलाकृति अहिलेसम्म फेला परेको छैन तर हामी जाँच गरिरहेका छौं।

ब्लेनहेम प्यालेसको तर्फबाट एक ट्विटमा प्यालेस पुरै दिनका लागि बन्द रहने र आइतबारबाट पुन खोलिने जानकारी दिइएको छ। सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सुनको ट्वाइलेट दिन अुनरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्