साउदी तेल प्रशोधन केन्द्र अरामकोमा ड्रोन हमला

तेलको मूल्य बढ्न सक्ने अनुमान



रियाद/वासिङ्टन, (एजेन्सी)।यमनको इरान समर्थक हुथी विद्रोहीले शनिबार विश्वकै सबैभन्दा ठूलो तेल प्रसोधन केन्द्र साउदी अरामको अब्काकिक प्रशोधन केन्द्रमा भएको सशस्त्र ड्रोन हमलाको जिम्मेवारी लिएको छ। यस हमलाले त्यस क्षेत्रमा तनाव स्थिति बनेको छ।

हमलाको जिम्मेवारी हुथी विद्रोहीले दिएको भए पनि अमेरिकाले यसका लागि इरान नै जिम्मेवार भएको आरोप लगाएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हुथी विद्रोहीहरुको उक्त दाबी खारेज गरेका छन्।

साउदी अरेबियाका ऊर्जा मन्त्रीका अनुसार यस हमलाले कच्चा तेलको उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेलसम्म घटेको छ। यसले विश्वभरि तेलको मूल्यमा असर पर्ने विश्लेषकहरुले बताएका छन्।

ड्रोन हमलाका कारण अबकिक र खुरैसको तेल संयन्त्रलाई निसाना बनाइएको थियो। हमलाका लागि इरान जिम्मेवार रहेको सिधा आरोप लगाउँदै पोम्पियोले ट्विटरमा ड्रोन यमनबाट आएको पुष्टि गर्ने कुनै प्रमाण नभएको जनाइएको छ।

साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनले विगत करिब ४ वर्षदेखि यमनका हुथी विद्रोहीविरुद्ध कारबाही गर्दै आइरहेको छ। साउदी अरेबियाले लगातार हुथीलाई इरानको समर्थन रहेको आरोप लगाउँदै आइरहेको छ। तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।

पोम्पियोको पछिल्लो दाबीलाई पनि इरानले अस्वीकार गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार इरानको विदेश मन्त्रालयले अमेरिकाले लगाएका सम्पूर्ण आरोपलाई ठाडै अस्वीकार गरेको छ।

इरानी विदेशमन्त्रालयका प्रवक्ता सैयद अब्बास मुसावीले विज्ञप्तीमा भनेको पोम्पियोको पछिल्लो दाबीलाई पनि इरानले अस्वीकार गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार इरानको विदेश मन्त्रालयले अमेरिकाले लगाएका सम्पूर्ण आरोपलाई ठाडै अस्वीकार गरेको छ।

इरानी विदेशमन्त्रालयका प्रवक्ता सैयद अब्बास मुसावीले विज्ञप्तीमा भनेका छन्– ‘यस प्रकारका आरोप आधारहीन छन्।’ यो आरोपसँग भविष्यमा इरानविरुद्ध कदम उठाउनका लागि आधार तयार गरिरहेको उनले बताए। हालैका समयमा इरान र अमेरिकाबीचको सम्बन्धमा तीतोपना बढ्दै गइरहेको छ।

मध्यपूर्वमा साउदी अरेबिया अमेरिकाको निकट सहयोगी मानिन्छ।साउदी अरेबियाका उर्जा मन्त्री युवराज अब्दुल अजिज बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको बताइएको छ।

उनले ट्रम्पलाई उक्त हमलालाई लिएर त्यसको सामना गर्न इच्छुक रहेको र त्यसका लागि समर्थ रहेको बताए।
प्रिन्स सलमाले अरामकोको कुल उत्पादन आधा भएको जानकारी दिए। यसले दैनिक ५७ लाख ब्यारेल कच्चा तेल उत्पादनमा असर परेको उनले बताए।

अगस्टमा जारी एक आंकडामा साउदी अरेबियाले दैनिक ९८ लाख ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको ओपेकले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्