रिजाललाई ज्यान मार्ने धम्की



काठमाडौं, (नेस)।आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रिजाल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभासद पनि हुनुहुन्छ।भदौ २५ गते काठमाडौं गैरीधारामा हिँडिरहेको अवस्थामा रिजाललाई गोरखाका वेदप्रसाद काप्रीले बाटो छेकेर ‘कुनै न कुनैरूपमा ज्यान लिने’ भनी धम्क्याएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस विषयमा काप्रीसँग सम्पर्क गर्दा सामान्य भनाभन भएको तथा त्यस्तो कुनै धम्की नदिएको बताउनुभयो। उहाँले आफू संलग्न नभएको विषयमा मुछेर किन समाचार लेखेको भनेर सोधेको मात्रै बताउनुभयो।

विज्ञप्तिमा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै तत्काल कानुनी दायरामा ल्याउन तथा पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्