सन्ध्या छमछमीको उत्कृष्ट–८ मा दीक्षा मिस कलिउड



हेटौंडा, (नेस)। नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन–४ मा हेटौंडा–८ कमानेकी २१ वर्षीया सन्ध्या आचार्य उत्कृष्ट–८ मा पुग्न सफल भएकी छन्।

यसअघि मकवानपुरको मनहरी निवासी सरोज प्रजाले छमछमीको तेस्रो सिजन जितेका थिए। सन्ध्या यो यात्रालाई दोहोर्याउने सुरमा छिन्। हेटौंडामा सञ्चालनमा रहेको सिर्जना कला केन्द्रमा नृत्य प्रशिक्षणरत सन्ध्याले देशभरका करिब २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट–८ मा स्थान सुरक्षित गरेकी हुन्।

‘निर्णायक र भोटले फाइनलसम्मको यात्रा तय गरिन्छ। यस वर्ष पनि मकवानपुरले नै इतिहास रचोस् भन्ने लक्ष्यसाथ प्रयासरत छु।’ –सन्ध्याले भनिन्।

आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुका साथै विभिन्न व्यावसायिक विज्ञापनमा समेत अभिनय गरेकी सन्ध्या विज्ञानकी विद्यार्थी हुन्।

उनी हेटौंडा–२ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसमा बीएससी चौथोे वर्षमा अध्ययनरत छिन्। उनी नृत्यमा मात्र होइन, खेलकुदमा पनि उत्तिकै सक्रिय छिन्।

मकवानपुरकी चर्चित एथलेटका रूपमा चिनिने उनले मकवानपुर जिल्लास्तरीय खेलकुद प्रतियोगितामा धेरैपटक स्वर्ण तथा कांस्य पदक जितेकी छन्। यसैबीच हेटौंडामा सम्पन्न मिस कलिउडमा दीक्षा लामा विजेता बनेकी छन्।

१८ प्रतिस्पर्धीलाई उछिन्दै उनले विजेताको ताज लगाएकी हुन्। ताजसँगै उनले १ लाख नगदसमेत जितेकी छिन्।
कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालिले आयोजना गरेको मिस कलिउडको फस्ट रनर्सअपको ताज सृष्टि बज्राचार्यले जितिन्। उनले ताजसँगै नगद ५० हजार पनि प्राप्त गरेकी छन्।सेकेन्ड रनर्सअप प्रजक्ता राजवाहकले जितिन्। उनले २५ हजार नगद पनि प्राप्त गरेकी छन्।

प्रतियोगितामा निशा तामाङ मिस डिसिप्लिन, सुमिना बोगटी मिस बेस्ट वाक, रविना गोले तामाङ मिस ट्यालेन्ट, इशा भट्टराई मिस पञ्चुअल, सुजेना श्रेष्ठ मिस फोटोजेनिक, खुसी काफ्ले मिस पर्सनालिटी, सीमा तामाङ मिस फ्रेन्ड्ली, सुप्रिमा चौलागाईं मिस कन्फिडेन्ट, गौरी डिम्डुङ मिस इन्टिलेजन, सृष्टि बज्राचार्य मिस बेस्ट स्किन, सुजेना श्रेष्ठ मिस बेस्ट हेयर, सृष्टि बज्राचार्य मिस पर्फमेन्स, सीमा तामाङ मिस बेस्ट फिगर, निमा घिसिङ मिस बब्ली, मुस्कान राई मिस इनोभेटिभ, दिप्सा खरेल मिस डाइनामिक, प्रजक्ता राजवाहक मिस बेस्ट ब्युटी विथ पर्पाेज, एञ्जिला स्याङ्बो मिस स्टाइलिस, सुजिना तामाङ मिस बेस्ट डान्स, रविना गोले तामाङ अर्गानाइजर च्वाइस, मुस्कान राई कोरियोग्राफर च्वाइस र सुजेना श्रेष्ठले पब्लिक च्वाइसको उपउपाधि जिते।

 

प्रतिक्रिया दिनुहोस्