प्रमाण नपुगेको भन्दै गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी रिहा



सलिम अन्सारी, प्युठान। नेपाली काङ्ग्रेस प्युठानका सचिव तथा गौमुखि गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरि रिहा भएका छन। जिल्ला सरकारी वकिलको कार्यालय प्युठानले प्रयाप्त प्रमाणको अभावमा उक्त मुद्धा नचलाउने निर्णय गर्दै हाजिर जबानिमा गिरीलाई आज रिहा गर्ने आदेश दिएको हो । तर अन्तिम निर्णयको लागि यो मुद्धा उच्च सरकारी वकिल कार्यालय कहाँ पठाइने कार्यालयले जनाएको छ। अहिलेको प्रमाणबाट मुद्धा चलाउने आधार देखिएनु जिल्ला न्यायाधीबक्ता शिव आचार्यले भने, मुद्धाको अन्तिम किनारा लागेको छैन। बहुबिबाह अभियोगको अनुसन्धान गरिरहेको प्युठान प्रहरीले सरकारी वकिल कार्यालयको आदेशले प्रतिबादी बिष्णु कुमार गिरी र आरोपित महिलालाई हिरासतमुक्त गरिएको बताएको छ । प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले अनुसन्धान प्रक्रीया जारी नै रहने बताए।
हिरासतबाट मुक्त भए पश्चात् अध्यक्ष गिरीले सहानुभुती राख्ने सवैलाई धन्याबाद दिए।ू सवैको सहानुभुतीले यो नतिजा आएको छ। उनले भने ुसवैलाई धन्याबाद छ। गिरीले परस्त्रीसँग गरेको कुराकानी र दुवैजनाका अर्धनग्न अवस्थामा कोठामा सुतेका तस्विरलाई आधार बनाएर श्रीमती सीता केसीले हुलाक मार्फत भदौ १० गते प्रहरी कार्यालयमा उजुरी गरेपछि बिष्णु गिरी माथी प्रहरीले उक्त अनुसन्धान सुरु गरेको थियो। उजुरी परेको १२ दिनपछी गत भदौ २२ गते गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी आफै प्रहरी सम्पर्कमा पुगेका थिए । गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। गिरीले ती महिलाले लगाएका आरोपहरूको खण्डन गर्दै आफूले बहुबिबाह नगरेको दाबी गरेका थिए।बहुविवाहको मुद्दा कपोलकल्पित भएको बताउदै गिरीले १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिन आग्रह गरेका थिए। गिरी २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट गौमुखी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।गौमुखी गाउँपालिका–४ पूजा निवासी बिष्णु कुमार गिरी र स्थानिय सिता केसीसँग २०५५ साल चैत्र १७ गते प्रेम विवाह गरेका थिए ।गिरीका श्रीमती र दुई छोरी छन् । तर पारिवारिक बेमेलका कारण बिहे गरेको १२ बर्ष अर्थात २०६७ सालदेखि नै श्रीमती र छोरीहरुसँग अलग्गै बस्न थालेका थिए । श्रीमती सीता र दुई छोरीहरु बिजुवारमा कोठा भाडा लिएर बस्दै आएका छन् । ९ बर्षसम्म अलग्गै बसे पनि उनीहरु कागजी रुपमा अलग भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्