पत्रकार सम्मेलनमा यसरी कुटिए ज्ञानेन्द्र शाही (भिडियोसहित)



‘नेपालका लागि नेपाली अभियान’ चलाएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको हरिहरभवनमा पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न सोध्धा ठाडो जवाफ दिएको र पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएका थिए ।
त्यसलग्ततै शाहीका पक्ष र विपक्षबीच हात हालाहाल भएको एक प्रतक्षदर्शीले न्युज अफ नेपाललाई बताए । महानगरीय प्रहरी प्रभागले उनलाई पटक–पटक सो स्थानमा कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको थियो । तत्पश्चात पनि उनले पत्रकार सम्मेलन आयोजना गरेपछि प्रहरी निरीक्षक माधव केसीको टोलीले उनलाई पक्राउ खोज्दा उनले पक्राउ पूर्जी मागेका थिए । झडपमा प्रहरी निरीक्षक माधव केसीलाई चोट लागेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्