मार्जिन कारोबारका लागि ३३ कम्पनीको शेयर योग्य



नेपाल समाचारपत्र, काठमाडौं।मार्जिन कारोबारका लागि ३३ कम्पनीको शेयर योग्य देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम ३३ योग्य कम्पनीको नाम सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७६/७७ का लागि वाणिज्य बैंकतर्फ १२, विकास बैंकतर्फ ७, लघुवित्त कम्पनीतर्फका ९, हाइड्रोपावर ३, होटल १ र १ अन्य समूहतर्फको कम्पनीको शेयर कारोबार योग्य रहेको नेप्सेले जनाएको छ।

आर्थिक वर्ष २०७६/७७ का लागि वाणिज्य बैंकतर्फ १२ ,विकास बैंकतर्फ ७, लघुवित्त कम्पनीतर्फका ९, हाइड्रोपावर ३, होटल १ र १ अन्य समूहतर्फको कम्पनीको शेयर कारोबार योग्य रहेको नेप्सेले जनाएको छ।

गत असार १२ गतेदेखिनै नेपाल राष्ट्र बैंकबाट पहिलो चरणमा सैद्धान्तिक सहमति पाएका कम्पनीलाई मार्जिक कारोबार सेवा सञ्चालका लागि स्वीकृति दिन थालेको नेप्सेले हालसम्म २१ ब्रोकर कम्पनीलाई स्वीकृति दिइसकेको जानकारी दिएको छ।

दोस्रो बजारमा अघिल्लो आर्थिक भरवर्ष कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको तथा आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीकोे शेयरमा मात्र कारोबार उपलब्ध गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम कार्य सम्पादन गरिरहेको ३३ कम्पनीको सूची नेप्सेले सार्वजनिक गरेको हो।

मार्जिन कारोबारका लागि वाणिज्य बैंकतर्फ एभरेष्ट बैंक, ग्लोवल आइएमई बैंक,माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सन्राइज बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक र हिमालयन बैंकका शेयर योग्य भएका छन्।

यस्तै, विकास बैंकतर्फ गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक, पूर्णिमा विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका शेयर मार्जिन कारोबारका लागि योग्य भएका छन्।

लघुवित्त कम्पनीतर्फ भने आरएसडीसी लघुवित्त, विजय लघुवित्त, वोमी माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, फरवार्ड कम्यूुनिटि लघुवित्त, लक्ष्मी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त र नेशनल माइक्रोफाइनान्सका शेयर योग्य भएका छन्।

मार्जिन कारोबारका लागि जलविद्युत कम्पनीका तर्फबाट चिलिमे हाइड्रोपावर, बुटवल पावर र ङादी पावरको शेयर योग्य देखिएको छ भने होटलतर्फ ओरियन्टल होटल र अन्यमा नेपाल दूरसञ्चार कम्पनीको शेयर योग्य देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्