जिल्ला अस्पताल बाजुरामा १ सुत्केरीको मृत्यु



न्युज अफ नेपाल, बाजुरा । जिल्ला अस्पताल बाजुरामा १ सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ६ जिल्लीकी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती बसन्ती नेपाली रहेको जिल्ला अस्पताल बाजुराले बताएकोे छ ।

उनको पाठेघर र सालको बिचमा रगत बगेको थियो । बच्चा जन्मिएसंगै साल र नाल छुटिनु पर्नेमा त्यस्तो अवस्था नभएर बच्चा नजन्मिँदै पेटमै छुटिँदा बच्चा पाठेघरमा भएको र आमाको रगतसंग मिसिएर मुटु र फोक्सोमा गएर स्वास फेर्ने नलिनै बन्द भएकोले मृत्यु भएको हुन सक्ने अस्पतालले बताएको छ ।

साउन २६ गतेदेखि २ गतेसम्म सुत्केरी हुने मिति तोेकेको र २ गते अस्पताल आएर वाडमा भर्ना हुनुपर्ने भनेर पठाएको तर वाडमा भर्ना नभएर घर गएको र ढिलो गरी अस्पताल आएकोले यस्तो समस्या आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताए ।

शुक्रबार साझ भर्ना गरेर सुत्केरी बेथा नलाएपछि सनीबार बिहान बेथा लगाउने औषधिको प्रयोगले बेथा लगाएको थियो । बेथा लागेपनि बिचमै रोकिए पछि भ्याकुम डेलिभरी गराएर मृत शिशु जन्माएको थियो । शिशु जन्मेको केही १ घण्टासम्म आमाको अवस्था राम्रो रहेको र एक्कासी स्वास्थ्यमा समस्या देखिएर मृत्यु भएको अस्पतालले बतााएको हो ।
अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्त प्रेम नेपालीले समस्या यस्तो हुदैछ भनेर समयमै खबर नगरेकोले मृत्यु भएको बताए । ‘समयमै जानकारी गराएको भए सुबिधासम्पन्न ठाउँमा लैजान सकिने थियो की’, प्रेमले भने ।

सुत्केरी महिलासंग ५ प्वाईन्ट रगत थियो । २ वाईन्टको लागी महिलाका आफन्तलाई खवर गरिएको थियो । मृतकका माईती पक्षका भाई काठमाण्डौबाट नआउन्जेल शव जिल्ला अस्पतालबाट नबुझ्ने बताएका छन् । मृतकका श्रीमान् रोजगारीको लागि कुबेतमा छन् ।उनका ५ वर्षका छोरा बिचल्लीमा परेका छन् । जिल्ला अस्पताल बाजुरामा सुत्केरी मरेको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्