सरकारले जानी जानी व्यवस्थाप्रति वितृष्णा फैलाउन लागेको नेता पौडेलकाे आरोप



न्युज अफ नेपाल, काठमाडौं । बिपी जयन्तीको असरमा कीर्तिपूरमा एक कार्यक्रको आयोजना गरिएको छ । कीर्तिपूरमा आयोजित कार्यक्रमा बोल्दै नेता रामचन्द्र पौडेलले दुई तिहाईको सरकारले केही काम गर्न नगर्दा आम नागरिकमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको भन्दै व्यवस्थामाथि नै खतरा उत्पन्न हुने अवस्था आएको बताएका छन् ।

नेता पौडेलले भने, ‘सरकारले समाजवादको मुल मर्म नै बुझेन । कृषिलाई केन्द्रमा राखेर नीति बनाउन सकेन । भ्रष्टचार पिडित जनतालाई राहत दिन सकेन् । सरकारका कारण राजनीतिप्रति जनतामा वितृष्ण फैलिन थालेको छ । त्यसैले यस व्यवस्थाप्रति नै वितृष्ण बढ्दै गएर व्यवस्था नै खतरामा पर्छ ।’

उनले सरकार अहिले जानी जानी व्यवस्थाप्रति वितृष्णा फैलाउन लागेको आरोप लगाए । फरक प्रसंगमा उनले पार्टीको जागरण अभियानमा काम भन्दा बढी प्रचारमुखी भएको टिप्पणी गरे ।

नेता पौडेलले जागरण अभियानले संगठनलाईं केन्द्रमा राख्न नसकेको बताए । पार्टी संगठनलाई मुल मर्ममा राखेर निर्वाचित जनतप्रतिनीधिले काम गर्न जरुरी छ ।’

नेता पौडेलले रवि लामिछानेका पक्षमा चितवनमा भएको प्रर्दशनबाट पनि अहिलेको सरकारसँगको जनता असन्तुष्टि भएको स्पष्ट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्