बाँके घटनाको विरोधमा कांग्रेस जिल्ला सभापतिहरुद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र



न्युज अफ नेपाल, काठमाडौं । सभापतिका तर्फबाट गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ।

कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरामा भएको घटनामा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो। कार्यक्रम भइरहेको हलमा सत्तारुढ दलका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमणमा उत्रिएको कांग्रेसले जनाएको छ। कोइरालासहित दर्जनौं व्यक्ति घाइते भएको कांग्रेसले जनाएको छ।

आक्रमणमा उत्रिएका नेकपाका कार्यकर्ताको नियन्त्रणमा सुरक्षाकर्मी परिचालित नहुनुलाई सुनियोजित घटना भएको जिल्ला सभापतिको ज्ञापनपत्रमा उल्लेख छ।

‘सत्तारुढ दल र सरकार स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधान प्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्यत रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ।

गृहमन्त्री थापाले दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढेको जानकारी दिएको काठमाडौं जिल्ला सभापति कृष्ण ९सबुज० बानियाँले जानकारी दिए। थापाको अभिव्यक्ति उद्धृत गर्दै बानियाँले भने, ‘हुन नहुने घटना भयो। सरकार घटनाप्रति गम्भीर छ। दोषीहरु पक्राउ परेका छन्।’

उपत्यकाका तीन जिल्ला सभापति भक्तपुरका दुर्लभ थापा, काठमाडौका बानियाँ र ललितपुरका मदन अमात्यले शनिबार बिहान थापालाई बुझाएको ज्ञापनपत्रमा अपराधीलाई कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।

घटनाको विरोधमा पार्टी सभापति शेरबहादुर देउवा शनिबार बाँकेको कार्यक्रममा सहभागी हुँदैछन्। काठमाडौंको माइतीघरमा आज अपराह्न धर्नाको कार्यक्रम पनि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्