सिद्धबाबामा पहिरोले २ जीप पुरिए, १ जनाको ज्यान गयो



बुटवल–सिद्धबाबा नजिकै पहिरोले दुईवटा सवारी साधन पुरिएका छन् ।

बुटवलबाट बागलुङ जाँदै गरेको यात्रुबाहक जीप सिद्धबाबामा पहिरोमा पुरिएको हो ।

शुक्रबार विहान यात्रुबाहक जीप पहिरोमा पुरिँदा जीप चालक कमल परियारको मृत्यु भएको छ ।

ट्राफिक प्रदेश कार्यालय प्रदेश नम्बर ५ ले २ वटा सवारी पहिरोमा पुरिएको जनाएको ।

प्रतिक्रिया दिनुहोस्